एप्पलले आफ्ना आइफोनमा नयाँ संस्करण आइओएस १५.०.१ सार्वजनिक गरेको छ।
एप्पल इन्साइडरका अनुसार कम्पनीले पुरानो आइओएस १५.० सफ्टवेयरमा अपग्रेड ल्याएको हो, जसले आइफोनमा रहेका बग बनाउनुका साथै यसको पफर्मेन्समा सुधार ल्याउने छ।
एप्पलले सार्वजनिक गरेको रिलिज नोटअनुसार आइओएस १५.०.१ ले विशेषगरी नयाँ आइफोन–१३ र आइफोन–१३ प्रो मोडलका समस्याहरु सुधार गर्नेछ। एप्पल घडीबाट आइफोन अनलक गर्दा देखिएको समस्या पनि यही संस्करणले बनाउने छ।
यसैगरी केही आइफोनमा अचानक स्टोरेज धेरै भएको नोटिफिकेसन आउने र गीत सुन्दा वोर्कवाट मोड सुरु हुने लगायत समस्या आइओएस १५.०.१ सुधार्ने एप्पल इन्साइडरले जनाएको छ।
एप्पलले गत सेप्टेम्बरमा आइओएस १५.० संस्करण सार्वजनिक गरेको थियो। नयाँ आइफोनका मोडलमा समस्याहरु देखिन थालेपछि कम्पनीले अपडेटेट संस्करण निकालेको हो।
नयाँ आइओएस १५.०.१ संस्करण आइफोन र आइप्याडका मोडलहरुमा उपलब्ध छ। प्रयोगकर्ताले यो सफ्टवेयर अपडेट आफ्ना आइफोन वा आइप्याडको सेटिङमा गइ पाउन सकिन्छ।