साओमीको नयाँ स्मार्टफोन ‘साओमी–११ लाइट एनइ ५–जी’ केही समयअघि भारतीय बजारमा सार्वजनिक भएको थियो। हालै कम्पनीले यो स्मार्टफोन नेपालमा पनि ल्याएको छ।
‘साओमी–११ लाइट एनइ ५–जी’लाई कम्पनीले आफ्नो सबैभन्दा पातालो र हलुका मोडल भनेको छ। यो फोनको तौल जम्मा १५८ ग्राम छ।
६.५५ इन्चको एमोलेड डिस्प्ले भएको यो स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट छ। साथै यसमा २५० हर्जको टच सेम्पलिङ रेट र ८०० निट्सको ब्राइटनेस छ।
‘साओमी–११ लाइट एनइ ५–जी’मा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ५ मेगापिक्सलको टेलिम्याक्रो क्यामरा छ। यसको अगाडितिर २० मेगापिक्सलको सेल्फी क्यामरा छ।
यो फोनमा क्वालकम स्न्यापड्रैगन ७७८–जी चिपसेट छ, जुन ६ वा ८ जिबी र्याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेजमा पाइन्छ। यो स्मार्टफोनमा चार हजार दुई सय पचास एमएएच ब्याट्रीले ३३ वाटको चार्जिङ स्पिड समर्थन गर्छ।
नेपाली बजारमा ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘साओमी–११ लाइट एनइ ५–जी’को मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ छ। यसैगरी ८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ४८ हजार नौ सय ९९ रुपैयाँ छ