चिनियाँ स्मार्टफोन कम्पनी भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘वाइ–२१’ सार्वजनिक गरेको छ।
भिभोले यो स्मार्टफोनमा सुपर स्लिम बडीको डिजाइन, पर्याप्त ब्याट्री क्षमता र बलियो मेमोरीका साथ बजारमा ल्याएको छ।
‘भिभो वाइ–२१’मा ६.५१ इन्चको डिस्प्ले छ। यो फोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको मुख्य क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक हेलियो पी–३५ प्रोसेसर भएको यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ, जसले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। साथै यो फोनमा ५ जिबीको र्याम र ६४ जिबीको आन्तरिक स्टारेज छ। माइक्रो एसडी कार्ड प्रयोग गरेर स्टोरेज १ टिबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ।
सुरक्षाको लागि ‘भिभो वाइ–२१’मा साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ।
बजारमा ‘भिभो वाइ–२१’ मेटालिक ब्लु र डाइमन्ड ग्लो रङमा उपलब्ध छ। यसको मूल्य भने २२ हजार नौ सय ९९ रुपैँया तोकिएको भिभोले बताएको छ।