सामसङले ग्यालेक्सी–एम५२ ५जी फोन नेपाली बजारमा स्मार्टफोन ल्याएको छ। यो फोन सामसङको शक्तिशाली एम सिरिज अन्तर्गत नयाँ फोन रहेको सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए।
यो फोन ७.४ एम एमको पातलो डिजाइनमा प्रस्तुत गरिएको छ। यस फोनमा स्न्याप्ड्रयागन ७७८जी प्रोसेसरको साथ ६एनएम चिपसेट रहेको छ। जसमा सुपर एमोलेड/१२०एचजेट डिस्प्ले छ।
यसमा प्रयोग भएको गोरिल्ला ग्लास ५ ले डिस्प्लेलाई थप सुरक्षा प्रदान गर्छ। डल्बी एटमसले साउन्ड क्वालिटी उत्कृष्ट दिन्छ। ६४ मेगा पिक्सलको क्यामरायुक्त यस फोनको १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स, ५ मेगा पिक्सलको म्याक्रो लेन्स छ।
फोनमा ३२ मेगा पिक्सलको फ्रन्ट क्यामरा छ। ५ हजार एमएएच ब्याट्री तथा ५जी सर्पोट गर्ने जस्तो सुविधा छ। यसमा २५ वाट फास्ट चार्जिङ सुविधा पनि छ। यसकारण बारम्बार चार्ज गरिरहनुपर्ने झन्झट हुँदैन।
यो फोन दुई रङः आइसी ब्लु तथा ब्लेजिङ ब्ल्याकमा उपलब्ध छ।
ग्यालेक्सी–एम५२ ५जी दुई भेरियन्टमा उपलब्ध छ। ६जिबी/१२८जिबी भेरियन्ट र ८जिबी/१२८ जिबी।
पहिलो भेरियन्टको मूल्य ४८ हजार ९ सय ९९ तोकिएको छ भने दोस्रोको ५० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
यो फोन नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक ब्राण्ड सप, रिटेलरहरुमा सहजै खरिद गर्न सकिने कम्पनीको भनाइ छ।