चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले चाँडै नयाँ स्मार्टफोन ल्याउँदै छ।
ग्याजेट ३६०का अनुसार कम्पनीले नयाँ ‘वानप्लस ९–आरटी’ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ। कम्पनीले यो स्मार्टफोन बजारमा ल्याउनुअघि नै इन्टरनेटमा यसका विशेषता र मूल्यबारे अनुमान सुरु भइसकेको छ।
टिप्सटर डिजिटल चार्ट स्टेसनले नयाँ ‘वानप्लस ९–आरटी’ पुरानो ‘वानप्लस ९–आर’को अपडेटेट मोडल हो। यो स्मार्टफोनमा फुल एचडी प्लस डिस्प्ले हुनेछ। साथै यसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ।
यसको मुख्य क्यामरा ५० मेगापिक्सलको हुनेछ। वानप्लस यो स्मार्टफोनको लागि सोनी आइएमएक्स–७६६ प्राइमेरी क्यामरा प्रयोग गरेको ग्याजेट ३६०ले जनाएको छ।
चार हजार पाँच सय एमएएच ब्याट्री हुने ‘वानप्लस ९–आरटी’ ६५ वाटको फास्ट चार्जिङ साथ आउने छ। यो फोन ब्लु, डार्क म्याटर र सिल्भर रङमा आउने टिप्सटरको भनाइ छ।
वानप्लसले हालसम्म यो फोनको मूल्यबारे पनि कुनै आधिकारिक जानकारी दिएको छैन। तर ‘वानप्लस ९–आरटी’को मूल्य भने लगभग २३ हजार भारु र ३४ हजार भारुको बीचतिर पर्न सक्ने अनुमान गरिएको छ।