एनसेल आजियाटा लिमिटेडले चाडपर्व लक्षित गर्दै विभिन्न योजनाहरू ल्याएको छ।
चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्क घटाएर प्रति एमबी एक रूपैयाँ बनाएको जानकारी दिएको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार यसका साथै ग्राहकले अब ५० रूपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप ब्यालेन्स वा डेटा पाउन सक्नेछन्। यो योजनासँगै एनसेलका ग्राहकले कुनै पनि प्याक खरिद नगरी आफ्नो मुख्य ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्नेछन्।
ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक एक रूपैयाँ प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्छन्।
दसैं-तिहार र छठको अवसरमा ल्याइएको पेजी अन्तर्गत १ रूपैयाँ प्रति एमबी अफर बुधबार (असोज २०) देखि लागू भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागू हुनेछ।
यो योजना ९० दिनका लागि मान्य रहने कम्पनीले जानकारी दिएको छ।
रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन्। ५० रूपैयाँ देखि ९९ रूपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसीमा रहेको डेटा भोल्युम पाउन सक्नेछन्।
त्यस्तैगरी १०० रूपैयाँ देखि १९९ रूपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसीमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डेटा भोल्युम पाउनेछन्।
२०० रूपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डेटा भोल्युम पाउनेछन्।
डेटा प्याकमार्फत डेटा प्रयोग राम्रो विकल्प भए पनि पेजी शुल्कमा छुटले ग्राहकमाझ मुख्य ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा दिएको कम्पनीले बताएको छ।
चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरूलाई आफ्ना परिवारजन, साथीसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।
एनसेलले बुधबार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथी र आफन्तहरूले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि सार्वजनिक गरेको छ।
यसका साथै विदेशमा रहेका परिवारजन वा साथीबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन्। यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता सञ्चालनमा रहने कम्पनीले बताएको छ।