चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसको नयाँ स्मार्टफोन ‘वानप्लस ९–आरटी’ यही अक्टोबर महिनातिर सार्वजनिक हुने हल्ला छ। यसैबिच कम्पनीले भने फोन बजारमा ल्याउनुअघि नै यसका केही फिचरहरु इन्टनरेटमा सार्वजनिक गरिसकेको छ।
वेइबोमा पोस्ट भएको जानकारी अनुसार नयाँ ‘वानप्लस ९–आरटी’मा ६.५५ इन्चको टचस्क्रिनमा १२० हर्जको सामसङ इ४ डिस्प्ले हुनेछ।
ग्लोसी र म्याक टेक्सचरको डिजाइन हुने भनिएको यो स्मार्टफोन तीनवटा क्यामरा हुने अनुमान गरिएको छ, जसमा ५० मेगापिक्सल, १६ मेगापिक्सल र २ मेगापिक्सलको क्यामरा हुनेछ।
यो फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रैगन ८८८ एसओसी प्रोसेसर हुनेछ। साथै यसमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज हुनेछ।
‘वानप्लस ९–आरटी’मा हुने चार हजार पाँच एमएएचको ब्याट्रीले फास्ट चार्जिङ समर्थन गर्ने ग्याजेट ३६०ले जनाएको छ।
यो फोन तीनवटा रङमा उपलब्ध हुनेछ। यसको मूल्यबारे भने हालसम्म कम्पनीले कुनै जानकारी दिएको छैन।
ग्याजेट ३६०का अनुसार चीनमा ‘वानप्लस ९–आरटी’ अक्टोबर १३ मा सार्वजनिक हुनेछ।