मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ।
उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले उद्घोष गरेका थिए। जसमा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति थियो।
मेटलाइफ नेपालले गत वर्षदेखि नै सबै ग्राहकलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रहेको बताएको छ।
सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो।
उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ।