नेपालमा नयाँ आइफोन–१३ का मोडलहरुको प्रि–बुकिङ खुलेको छ।
यही अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु भएको एप्पलको आईफोनको लागि आधिकारीक आयातकर्ता तथा बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले बताएको छ।
जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि का अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरु भित्रिएका छन्। जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो, साथै १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो म्याक्स छ।
यी नयाँ आइफोन–१३ का मोडलको मूल्यपनि तोकिसकेको छ। आइफोन १३, आईफोन १३ प्रो, १३ प्रो म्याक्स र आइफोन १३ मिनीको प्रिअर्डर गर्ने ग्राहकहरुलाई कात्तिक १२ गतेदेखि उपलब्ध गराइने कम्पनीले बताएको छ।
आइफोन १३ प्रो म्याक्स २५८ जीबीको दुई लाख पाँच हजार ९९० रुपैयाँ, १२८ जीबीको आईफोन १३ को एक लाख ३७ हजार ९९० रुपैयाँ, प्रो म्याक्स १२८ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ, १३ प्रो १२८ जीबीको एक लाख ७४ हजार ९९० रुपैयाँ र आईफोन १३ प्रो २५६ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ।
त्यसैगरी, आइफोन १३ मिनी १२८ जीबीको एक लाख २० हजार ९९० रुपैयाँ, आइफोन १३ २५६ जीबीको एक लाख ५४ हजार ९९० रुपैयाँ, आइफोन १३ ५१२ जीबीको एक लाख ८९ हजार ९९० रुपैयाँ र १३ मिनी २५६ जीबीको एक लाख ३७ हजार ९९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने कम्पनीले बताएको छ।
जेनेरेसन नेक्स्टका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिन ढिलाइ गरेका कारण आयातमा ढिलाइ भएको बताए।