विश्व बजारमा नयाँ स्मार्टफोन ‘रेड्मी नोट ११’ र ‘रेड्मी नोट ११ प्रो’ आउने तयारी भइरहेको छ। रेड्मीले हालसम्म आफ्ना यी दुई स्मार्टफोनका फिचर र मूल्यबारे कुनै जानकारी नदिएपनि इन्टरनेटमा भने यसका जानकारीहरु अनुमान लगाउन थालिसकेको छ।
एक चिनियाँ टिप्सटर आर्सनलले ‘रेड्मी नोट ११’ र ‘रेड्मी नोट ११ प्रो’का फिचरहरु लिक गरेका छन्। उनका अनुसार ‘रेड्मी नोट ११’मा एलसिडी डिस्प्ले हुन्छ, जसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ। यो स्मार्टफोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर भएको ‘रेड्मी नोट ११’मा ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज हुनसक्ने अनुमान गरिएको छ। यसमा हुने पाँच हजार एमएएच ब्याट्रीले ३३ वाटको फास्ट चार्जिङ समर्थन गर्ने ग्याजेट ३६०ले जनाएको छ।
यसैगरी ‘रेड्मी नोट ११ प्रो’मा भने ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनसक्ने अनुमान गरिएको छ। यसको पछाडीतिर १०८ मेगापिक्सलको मुख्य क्यामरा र अगाडितिर १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
मिडियाटेक डाइमेन्सिटी ९२० एसओसी प्रोसेसर भएको ‘रेड्मी नोट ११’मा ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज हुनसक्ने बताइएको छ। साथै यसमा हुने पाँच हजार एमएएच ब्याट्रीले ६७ वाटको फास्ट चार्जिङ समर्थन गर्ने अनुमान छ।
ग्याजेट ३६०का अनुसार ‘रेड्मी नोट ११’को मूल्य १८ हजार सात सय भारु पर्ने र ‘रेड्मी नोट ११ प्रो’को मूल्य भने २३ हजार चार सय भारु पर्ने अनुमान छ।