चिनियाँ स्मार्टफोन कम्पनी ओपोले नयाँ स्मार्टफोन ‘ओपो ए–५६ ५–जी’ सार्वजनिक गरेको छ।
ग्याजेट ३६०का अनुसार कम्पनीले हालै चिनियाँ बजारमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ ‘ओपो ए–५६ ५–जी’ ल्याएको हो।
वाटरड्रप–स्टाइल नोच डिजाइन भएको यो स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस ए–एसआइ डिस्प्ले छ। यसमा ६० हर्जको रिफ्रेस रेट र १२० हर्जको टच स्यामप्लिङ रेट छ। यो डिस्प्लेलाई क्रोनिङ गोरिला ग्लास–३ ले सुरक्षा गरेको छ।
‘ओपो ए–५६ ५–जी’मा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी क्यामरा र २ मेगापिक्सलको पोरटे«ट लेन्स छ। यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक डाइमेन्सिटी ७०० ओक्टाकोर एसओसी प्रोसेसर भएको ओपोको यो नयाँ फोनमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ।
यो स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ र सुरक्षाको लागि साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर पाउन सकिन्छ।
‘ओपो ए–५६ ५–जी’ निलो, कालो र बैजनी रङमा उपलब्ध छ। यसको मूल्य भने १८ हजार ८ सय भारु तोकिएको छ।