एनसेलले ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ पाएको छ।
कार्तिक ९ (अक्टोबर २६) गते आयोजनाभएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रममाझ अवार्डको घोषणा भएको हो।
सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम्युनिकेशन बजारमा भएका नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मान गर्दै आएको छ।
एनसेलले व्यावसायिक तथा सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपदप्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका
योगदानहरुलाई मध्यनजर गर्दै सम्मान प्रदान गरिएको बताइएको छ।
त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो।
वल्र्ड कम्युनिकेशन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो।