भायनेट कम्युनिकेसन्स प्रालीले आफ्नो सेवा विस्तार गर्ने क्रममा जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ। यो सेवा विस्तारसँगै कम्पनी अब देशका २४ शहरमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ।
भायनेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय–समयमा संचालन गर्दै आएको छ। त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वित हुन सक्नेछन्। कम लागतमै गुणस्तरीय इन्टरनेट सेवाको आनन्द उठाउन सक्ने कम्पनीले दाबी गरेको छ।
यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायानेटले एक वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकलाई चार महिना र तीन महिना सब्सक्रिप्सन गर्ने ग्राहकलाई दुई महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने भएको छ।
पहिलो सय जना वार्षिक ग्राहकलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ।
भायनेटले नेपालमा पहिलोपटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो। सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो।
आफ्ना ग्राहकलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गर्न भायनेटले विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ।
जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिँदै कम्पनीका सिइओ श्री सेवा पाठकले भने, ‘हामी ग्राहकलाई उच्चकोटी एवं उच्च क्षमताको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं।
हाम्रा प्राविधिकहरु सधैं त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन्। मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ।’