रियलमीले नेपाली बजारमा फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ ल्याउँदैछ। यही कार्तिक २४ गते कम्पनीले उक्त फोन ल्याउने घोषणा गरेको छ।
यो सिरीज अन्तर्गत प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन्। अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउँन सक्दैनन्।
रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउन लागेको कम्पनीले जनाएको छ। चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै बिक्री भइसकेको छ।
नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जिटी सिरीजको रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा–हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीले गरेको थियो।
डिजाइन सधैं रियलमी जिटी सिरीजको महत्वपूर्ण पक्ष हो। यसपटक रियलमी जिटी नियो २ मा आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ।
मूल्य घटाउनको लागि जिटी नियो २ ले गुणस्तरमा सम्झौता गरेको छैन। सुपथ मूल्यमा फ्लागसिपको आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउने कम्पनीले जनाएको छ।
रियलमीको प्रयोगकर्ताहरु चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोडभन्दा बढी छन्।