‘ग्यालेक्सी एस–२२ अल्ट्रा’ सामसङको आउँदो नयाँ स्मार्टफोनको सूचीमा पहिलो स्थानमा पर्छ।
कम्पनीले यो फोनको उत्पादन तयारी अगाडी बढाइसकेको हल्ला मात्र चलेको थियो, तर हाल इन्टरनेटमा भने यसका फोटो लिक भएको छ।
लिक भएको सो फोटोमा नयाँ ‘ग्यालेक्सी एस–२२ अल्ट्रा’मा एस–पेनको समर्थन हुने देखिएको ग्याजेट ३६०ले बताएको छ।
फोटोमा देखिएअनुसार यो नयाँ स्मार्टफोनमा कर्भड डिस्प्ले हुनेछ। यो डिस्प्ले डिजाइन पुरानो ग्यालेक्सी नोट १० प्लसजस्तै हुनसक्ने अनुमान छ।
यसको पछाडितिर वाटर–ड्रप डिजाइनको चारवटा क्यामरा छ। यी चारवटा क्यामरामा १०८ मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, १० मेगापिक्सलको टेलिफोटो लेन्स र १० मेगापिक्सलको पेरिस्कोप लेन्स छ।
अहिलेसम्म ग्यालेक्सी एस–२२ अल्ट्राको फिचरबारे यति मात्रै जानकारी बाहिर आएको छ। यसका सबै फिचर थाहा पाउन कम्पनीले आयोजना गर्ने आधिकारिक सार्वजनिक मितिसम्म प्रतिक्षा गर्नु पर्नेछ।
ग्याजेट ३६०का अनुसार यो फोन अर्को वर्षको फ्रेबुअरी महिनातिर सार्वजनिक हुने अनुमान छ।