मंगलबार नयाँ स्मार्टफोन ‘पोको एम–४ प्रो ५–जी’ सार्वजनिक भएको छ। ‘पोको एम–३ प्रो ५–जी’को सफलतापछि पोकोले यो नयाँ फोन ल्याएको हो।
ग्याजेट ३६०का अनुसार ‘पोको एम–४ प्रो ५–जी’मा ६.६ इन्चको फुल एचडी प्लस डट डिस्प्ले छ। यसमा ९० हर्जको रिफ्रेस रेट र २४० हर्जको स्याप्लिङ रेट छ।
यो फोनमा दुईवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा र ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर छ। यी क्यामरामा एआई फिचरहरुका साथै नाइट मोड पनि छ। यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर भएको यो स्मार्टफोनमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। यसमा डाइनामिक र्याम एक्सपान्सन टेक्नोलोजी छ, जसले र्यामलाई ८ जिबीसम्म बढाउन सकिने ग्याजेट ३६०ले जनाएको छ।
‘पोको एम–४ प्रो ५–जी’मा भएको पाँच हजार एमएएच ब्याट्रीले ३३ वाटको प्रो फास्ट चार्जिङ समर्थन गर्छ। यो फोन निलो, पहेलो र कालो रङमा उपलब्ध छ।
४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘पोको एम–४ प्रो ५–जी’को मूल्य १९ हजार ६ सय भारु छ। यसैगरी ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने २१ हजार ३ सय भारु तोकिएको छ।