रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘जिटी निओ–२’ ल्याएको छ।
कम्पनीले बुधबार आयोजना गरेको कार्यक्रममा नयाँ ‘जिटी निओ–२’ सार्वजनिक गरेको हो। यो फोन जिटी सिरिजका स्मार्टफोनअन्तर्गत आएको हो।
‘जिटी निओ–२’मा रियलमीका फोनमध्ये सबैभन्दा ठूलो कुलिङ एरिया छ। यसले फोन धेरै सयमसम्म चलाउँदापनि तात्तिने समस्या नआउने कम्पनीले जनाएको छ।
क्वालकम स्न्यापड्रैगन ८७० ५–जी प्रोसेसर भएको यो स्मार्टफोनमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। यसको डिस्प्लेमा १३०० निटको पिक ब्राइटनेस पनि छ।
फोनमा भएको पाँच हजार एमएएचको ब्याट्रीले ६५ वाटको सुपरडार्ट चार्जिङ समर्थन गर्छ। यो एडेप्टरबाट फोन ३६ मिनेटमा नै पूर्ण चार्ज हुन्छ। फोन एकपटक पुरा चार्ज भएपछि प्रयोगकर्ताले ३३ घण्टासम्म फोनमा बोल्न, ८८ घण्टासम्म गीत बजाउन, ८ घण्टासम्म गेम खेल्न र २४ घण्टासम्म भिडियो हेर्न सक्ने रियलमीको भनाइ छ।
नेपाली बजारमा ‘जिटी निओ–२’ निओ ब्ल्याक र निओ ग्रिन रङमा उपलब्ध छ। यसको मूल्य ५१ हजार एक सय ९९ रुपैँया तोकिएको छ।
यो फोनको प्रि–बुकिङ बिहिबारबाट सुरु हुनेछ। फोन अगाडि नै अर्डर गर्ने उपभोक्तालाई तीन हजारसम्म छुट हुने कम्पनीले जनाएको छ।