ओपोको नयाँ स्मार्टफोन ‘ओपो ए–९५’ मलेसियामा सार्वजनिक भएको छ। यो फोन गत वर्ष चीनमा सार्वजनिक भएको ‘ओपो ए–९५ ५–जी’ मोडलकै सिरिजमा पर्छ।
ग्याजेट ३६०का अनुसार ‘ओपो ए–९५’को डिजाइन यसको ५–जी जस्तै देखिन्छ, तर फिचरहरु भने केही फरक छन्। यो फोनमा क्वालकम स्न्यापड्रैगन ६६२ एसओसी प्रोसेसर छ। ‘ओपो ए–९५ ५–जी’मा भने मिडियाटेक डाइमेन्सिटी ८०० यू एसओसी प्रोसेसर थियो।
‘ओपो ए–९५’मा ६।४३ इन्चको फुल एचडीप्लस एमोलेड डिस्प्लेसहित ६० हर्जको रिफ्रेस रेट छ। यसमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक छ। यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर बढाउन सकिन्छ।
साथै यो फोनमा तीनवटा क्यामरा छ, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको सेन्सर र २ मेगापिक्सलको म्याक्रो सेन्सर छ। सेल्फीको लागि यसको अगाडितिर १६ मेगापिक्सलको क्यामरा छ।
यसैगरी यसमा भएको पाँच हजार एमएएचको ब्याट्रीले ३३ वाटको भोक फ्ल्यास फास्ट चार्जिङ टेक्नोलोजी समर्थन गर्छ। यो फोन रेनबो सिल्भर र स्टेरी ब्ल्याक रङमा उपलब्ध छ।
८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको ‘ओपो ए–९५’को मूल्य भने १९ हजार छ सय भारु छ।