सामसङ मोबाइलले ग्राहक लक्षित नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ।
योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्। उपहार विजेताको घोषणा लक्की ड्रमार्फत् गरिन्छ। यस योजनाको दोस्रो लक्की ड्र मंगलबार सम्पन्न भएको छ। लक्की ड्रमा नोभेम्बर ६ तारिखदेखि १२ तारिखसम्मको अवधिलाई समेटिएको छ ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब किन्ने ग्राहकहरुले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ।
मंगलबार गरिएको लक्की ड्रमा यहीँ ६ देखि १२ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ। लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको छ। अब बाँकी ३ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।
लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नम्बरहरु क्रमशः RZ8RA0Y0XHK, R9ZR90FLDBN, R9ZR80HBWJB, RZCR908F0EY, RZ8R900TGWK, R9ZR90Q0D7V, RZ8RA0ZG4JE, RZ8R90LL06P, RZ8RA0ZFYDX, RZ8R821VA3A, RZ8RA14F8JV, RZ8RA0Y03QT,RZ8RA11K10V,R9ZR90RNM4B, R9ZR90QN8KB, RZ8RA0ZFMKK, R9ZR90PZ8RD, RZ8RA0YEXAD, RZ8R90WQ11J, RZ8R903S85B, RZ8RA11B5QF.
विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिसकिएको छ।
विजेतालाई ७ दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दावी गर्न अनुरोध गरिएको छ।
५ ग्राम सुनको सिक्का जित्ने अवसर नोभेम्बर ३० सम्म कायम रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभातिा जनाउन कम्पनीको आग्रह छ।