मोटोरोलाले हालै आफ्नो नयाँ स्मार्टफोन ‘मोटो जी पावर’ सार्वजनिक गरेको छ। यो फोन जनवरीमा सार्वजनिक भएको मोडलकै अपग्रेड संस्करण हो।
ग्याजेट ३६०का अनुसार ‘मोटो जी पावर’मा ६.५ इन्चको एचडीप्लस आइपिएस टिएफटी एलसिडी डिस्प्लेसहित ९० हर्जको रिफ्रेस रेट छ।
यो फोनमा मिडियाटेक हेलियो जी–३७ एसओसी प्रोसेसर छ, जसमा ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज पाउन सकिन्छ। यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर ५१२ जिबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ।
क्यामरातिर ‘मोटो जी पावर’मा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको प्राइमेरी सेन्सर, २ मेगापिक्सलको म्याक्रो सेन्सर र २ मेगापिक्सलको डेप्थ सेन्सर छ। यसमा हाइपरल्याप्स, डुअल क्याप्चर र अन्य फिचरपनि छ। फोनको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा पाउन सकिन्छ।
यसैगरी यो फोनमा भएको पाँच हजार एमएएचको ब्याट्रीले दश वाटको चार्जिङ समर्थन गर्छ। साथै यसमा रियर फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर पनि रहेको ग्याजेट ३६०ले बताएको छ।
नयाँ ‘मोटो जी पावर’को मूल्य भने १८ हजार चार सय भारुसम्म तोकिएको छ। यो फोनको बिक्री अर्को महिनाबाट सुरु हुने रिर्पोटको भनाइ छ।