सामसङको नयाँ फोन ‘ग्यालेक्सी ए–७३’को डिजाइन वाउटलुक अनलाइनमा लिक भएको छ। र उपभोक्ताले यो स्मार्टफोन कस्तो हुनेछ भनेर आइडिया पाएका छन्।
ग्याजेट ३६०का अनुसार नयाँ ‘ग्यालेक्सी ए–७३’ दुई रङमा उपलब्ध हुनेछ। यसको बाहिरी डिजाइन प्लास्टिकको हुनेछ र यसमा पन्च–होल डिस्प्ले हुनेछ।
केहीले यो फोनमा १०८ मेगापिक्सलको क्यामरा हुने अनुमान गरेका छन् र सामसङको सन् २०२२मा सार्वजनिक हुने मिडरेन्ज स्मार्टफोनमध्ये पर्ने बताइएको छ। कम्पनीले भने हालसम्म यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
डच वेबसाइट लेट्सगोडिजिटलका अनुसार ‘ग्यालेक्सी ए–७३’को डिजाइन पुरानो मोडल ‘ग्यालेक्सी ए–७२’ जस्तै हुनसक्छ। यसमा पनि चारवटा क्यामरा हुने अनुमान छ।
सेप्टेम्बरमा कम्पनीले ‘ग्यालेक्सी ए–७३’मा १०८ मेगापिक्सलको प्राइमेरी सेन्सर हुने भनेको थियो। कम्पनीले अर्को वर्ष सार्वजनिक हुने सबै ए सिरिजका स्मार्टफोनमा अप्टिकल इमेज स्टेबिलाइजेसन ल्याउने सक्ने अनुमान रहेको ग्याजेट ३६०ले जनाएको छ।
यसैगरी यो फोनमा एन्ड्रोइड १२ सफ्टवेयर र स्न्यापडै«गन ७५०–जी चिपसेट हुने भनिएको छ। यी सबै फिचर अनलाइनमा लिक भएको अनुमान मात्र भएकोले उपभोक्तालाई कम्पनीको अधिकारिक जानकारीको पर्खाइमा रहन सुझाव गरिएको छ।