‘ग्यालेक्सी ए–१३ ५–जी’ सामसङको नयाँ फोनको सूचीमा पर्छ। केही महिनादेखि उपभोक्ताको ध्यानमा परिरहेको यो फोनका फिचर हालै अनलाइनमा लिक भइरहेको छ।
ग्याजेट ३६०का अनुसार ‘ग्यालेक्सी ए–१३ ५–जी’ वाटर–ड्रप नोच स्टाइल डिजाइनमा आउनेछ, जसमा तीनवटा क्यामरा हुनेछ। यसको मुख्य क्यामरा ५० मेगापिक्सलको हुने बताइएको छ।
६.४८ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले हुने भनिएको यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ७०० चिपसेट हुनेछ। यो फोन ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज, ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेजका साथ आउन सक्ने लिकहरुले अनुमान गरेको छ।
यसैगरी ‘ग्यालेक्सी ए–१३ ५–जी’मा पाँच हजार एमएएचको ब्याट्री हुनेछ। यो फोन चारवटा रङमा उपलब्ध हुनेछ। जुन ४–जी र ५–जी संस्करणमा आउनेछ।
अनलाइनमा लिक भएअनुसार यो नयाँ फोनका केही फिचर सन् २०२०मा सार्वजनिक भएको ‘ग्यालेक्सी ए–१२’जस्तै पनि हुनसक्छ। सामसङले हालसम्म यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।