ओपोको रेनो–७ सिरिजका स्मार्टफोन यही नोभेम्बर २५ मा चीनमा सार्वजनिक हुने भएको छ। यो सिरिजको एउटा मोडल ‘रेनो–७ एसइ’का फिचर भने सार्वजनिक मितिअघि नै अनलाइनमा लिक भएको छ।
लिक भएअनुसार ओपो रेनो–७ एसइ स्मार्टफोनमा ६.४३ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ। यसमा ९० हर्जको रिफ्रेस रेट र डिस्प्ले सुरक्षाको लागि क्रोनिङ गोरिला ग्लास–५ हुनेछ।
यो फोनमा मिडियाटेक डाइमेन्सिटी ९०० एसओसी प्रोसेसर हुनेछ, जुन ८ जिबी र्याम मा १२८ जिबी आन्तरिक स्टोरेज र ८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेजको विकल्पसाथ आउने बताइएको छ।
नयाँ स्मार्टफोनमा तीनवटा क्यामरा छ, जसमा ४८ मेगापिक्सलको प्राइमेरी सेन्सर, २ मेगापिक्सलको म्याक्रो सेन्सर र २ मेगापिक्सलको मोनोक्रोम सेन्सर हुनेछ।
रियर क्यामरामा दश गुणा डिजिटल जुम र ४–के भिडियो रेकर्डिङ फिचर पनि हुनेछ। यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
ओपो रेनो–७ एसइमा ४३९० एमएएचको ब्याट्री हुनसक्ने अपेक्षा गरिएको छ। यो ब्याट्रीले ३३ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। फोन निलो, कालो र पहेलो रङमा आउने ग्याजेट ३६०ले जनाएको छ।