बिहिबार थाइल्यान्डमा भिभोको नयाँ स्मार्टफोन ‘भी–२३इ ५–जी’ सार्वजनिक भएको छ। यो फोन मलेसियामा ‘भिभो वाइ–७६ ५–जी’ सार्वजनिक भएलगतै आएको हो।
भिभोको यो भी–सिरिजको फोनमा मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर र ८ जिबी र्यामसहित १२८ जिबी आन्तरिक स्टोरेज छ। यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर १ टिबीसम्म बढाउन सकिने ग्याजेट ३६०ले जनाएको छ।
भिभोको भी–२३इ ५–जीमा ६.४४ इन्चको फुल एचडीप्लस एमोलेड डिस्प्ले छ। यसमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, ८ मेगापिक्सलको वाइड–एंगल सेन्सर र २ मेगापिक्सलको सेन्सर छ। सेल्फी भिडियो र फोटोको लागि यसको अगाडितिर ४४ मेगापिक्सलको क्यामरा छ।
ग्याजेट ३६०का अनुसार यो स्मार्टफोनमा भएको ४०५० एमएएचको ब्याट्रीले ४४ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। सुरक्षाका लागि यसमा अन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि पाइन्छ।
भिभोको भी–२३इ ५–जी फोन सनसाइन कोस्ट र मुनलाइट स्याडो रङमा उपलब्ध छ। यो मूल्य भारतीय बजारमा लगभग २९ हजार दुई सय भारु पर्छ। थाइल्यान्डमा यसको बिक्री डिसेम्बर १ देखि सुरु हुनेछ।