सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ। जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्।
उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको तेस्रोे लक्की ड्र मंगलबार सम्पन्न भएको छ। लक्की ड्रमा यही नोभेम्बर १३ तारिखदेखि १९ तारिखसम्मको अवधिलाई समेटिएको छ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब किन्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ।
लक्की ड्रमा यही १३ देखि १९ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ। लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ। बाँकी २ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।
आज सम्पन्न लक्की ड्र संचारकर्मीहरु, आमन्त्रित व्यक्तित्वहरु र ग्राहकहरु एवं बिक्रेताहरुको समुपस्थितिमा गरिएको थियो। आजको लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नं हरु क्रमशः
R9ZR808BDEX, RZ8RA1KWJTW, RZ8R90HQY4M, RZ8RA125GNX, R9ZR90J6FZV, RZ8RA1KWFCV, RZ8RA125F2J, RZ8RA0YF5FE, RZ8RA1NLWKY, RZCRA099V4D, RZ8RA0YEVJF, RZ8R90KV9XK, R9ZR90J67WF, RZ8R90XE2WE, RZ8R70YRK9Z, R9ZR80L0DPF, RZ8R717AHJP, R5CR922JARE, RZ8RA0JFQ9J, RZ8RA1REGGP, RZ8RA1RE83B
विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ। उनीहरुलाइ ७ दिनभित्रमा आवश्यक कागजातसहित आफ्नो उपहार दावी गर्न आग्रह गरिएको छ।
५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायम छ।