डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।
ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन्।
जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो।
जेनिसले यसभन्दा पहिले नै अमेरिकास्थित केही ठूला बैंकमा आफ्नो सेवा प्रदान गर्दै आएको छ। अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन पाँच सय कम्पनीहरु लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह संजाल पुराउने जेनिसको रणनीतिको एक अंग हो।
नेपालमा एउटा बलियो कार्यसंचालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा विशिष्ट सेवाहरु उपलब्ध गराउने कम्पनीले बताएको छ।