बिहिबार ओपोको नयाँ स्मार्टफोन ‘रेनो ७’का सिरिज सार्वजनिक भएको छ। यो सिरिजमा तीन नयाँ स्मार्टफोन रहेको छ, जसमा ‘ओपो रेनो ७ ५–जी’, ‘ओपो रेनो ७ प्रो ५–जी’ र ‘ओपो रेनो ७ एसइ ५–जी’ छ।
ग्याजेट ३६०का अनुसार ओपोका यी तीन स्मार्टफोनमा एमोलेड डिस्प्ले, होल–पन्च डिजाइन र स्मुथ टेक्स्चर छ।
ओपो रेनो ७ ५–जीमा ६.४३ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्लेसहित ९० हर्जको रिफ्रेस छ। क्वालकम स्न्यापडै«गन ७७८ जी एसओसी प्रोसेसर भएको यो फोनमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।
यो स्मार्टफोनमा तीनवटा क्यामरा छ। यसमा ६४ मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सलको वाइड–एंगल सुटर र २ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ।
यसमा भएको ४५०० एमएएचको ब्याट्रीले ६० वाटको फ्ल्यास फास्ट चार्ज समर्थन गर्ने ग्याजेट ३६०ले लेखेको छ।
यसैगरी ओपो रेनो ७ प्रो ५–जीमा ६.५५ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्लेसहित ९० हर्जको रिफ्रेस छ। मिडियाटेक डाइमेन्सिटी १२०० म्याक्स प्रोसेसर भएको यो फोनमा १२ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।
यो स्मार्टफोनमा पनि तीनवटा क्यामरा छ। यसमा ५० मेगापिक्सलको प्राइमेरी सेन्सर, वाइड–एंगल सुटर र २ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको सेल्फी क्यामरा भने ३२ मेगापिक्सलको छ।
यसमा भएको ४५०० एमएएचको ब्याट्रीले ६५ वाटको फ्ल्यास फास्ट चार्ज समर्थन गर्छ।
अर्को नयाँ मोडल ओपो रेनो ७ एसइ ५–जीमा भने ६.४३ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्लेसहित ९० हर्जको रिफ्रेस छ। मिडियाटेक डाइमेन्सिटी ९०० एसओसी प्रोसेसर भएको यो फोनमा ८ जिबी र्याम र २५६ जिबीको आन्तरिक स्टोरेज छ।
यसमा पनि तीनवटा क्यामरा छ, जसमा ४८ मेगापिक्सलको प्राइमेरी सेन्सर, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको सेल्फी क्यामरा भने १६ मेगापिक्सलको छ।
यो फोनमा पनि ४५०० एमएएचको ब्याट्री छ, जसले ३३ वाटको फ्ल्यास फास्ट चार्ज समर्थन गर्छ।
ग्याजेट ३६०का अनुसार ‘ओपो रेनो ७ ५–जी’को मूल्य ३८ हजार पाँच सय भारु, ‘ओपो रेनो ७ प्रो ५–जी’को मूल्य ४६ हजार सात सय भारु र ‘ओपो रेनो ७ एसइ ५–जी’को मूल्य २८ हजार भारु तोकिएको छ।