दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसङले ग्यालेक्सी नोट सिरिजका स्मार्टफोनको उत्पादन बन्द गरेको छ।
ग्याजेट ३६०का अनुसार सामसङले सन् २०२२ तिर ग्यालेक्सी नोट सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भनिएको थियो, अब भने यसको काम रोकिएको छ। कम्पनीले फोल्डएबल फोनको उत्पादन बढाउने निर्णय लिएसँगै आउँदो वर्ष ग्यालेक्सी नोट सिरिज नबनाउने घोषणा गरेको हो।
सामसङले यो वर्ष मात्रै तीस लाखभन्दा बढी ग्यालेक्सी नोट २० स्मार्टफोन उत्पादन गरेको छ। कम्पनीको पहिले ग्यालेक्सी नोट सन् २०११ मा सार्वजनिक भएको थियो, जसमा ५.३ इन्चको डिस्प्ले थियो।
कम्पनीले ग्यालेक्सी नोट सिरिजको उत्पादन रोकेपनि यसका फोनमा हुनसक्ने फिचरहरु अर्को आउँदो ग्यालेक्सी एस वा ग्यालेक्सी जेड सिरिजका स्मार्टफोन हुनसक्ने छ।
नयाँ रिर्पोटका अनुसार कम्पनीले आफ्ना उपभोक्तालाई ग्यालेक्सी नोटको अनुभव ग्यालेक्सी एस–२१ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड ३ स्मार्टफोनमा एस पेन राखेर दिइरहेको छ। अब चाँडै सार्वजनिक हुनसक्ने ग्यालेक्सी एस–२२ सिरिजका फोनमा पनि एसपेन समावेश हुने ग्याजेट ३६०ले जनाएको छ।