अबिताले अब नेपालमा पनि व्यापार बिस्तार गर्ने भएको छ। अमेरिका, हङकङ सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले नेपालमा पनि शुरु गर्ने भएको हो।
लाइफस्टाइल टेक ब्रान्डका ल्यापटप नेपाली बजारमा ल्याउन लागेको कम्पनीले बताएको छ।
जसमा नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलार्ई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।
यो ब्राण्डका ल्यापटपमा हल्का, अल्ट्रा–पोर्टेबल जस्ता विशेषता रहेका छन्।
ब्रान्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्ने कम्पनीको विश्वास छ।
अबिताका सबै उत्पादनहरूमा दुई वर्षको अन–साइट वारेन्टी राखिएको छ। ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी हुनेछ।