सामसङ इलेक्ट्रोनिक्सले वान्-युआइ४ सार्वजनिक गर्ने औपचारिक घोषणा गरेको छ।
जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक आउँदैछ।
यो फोनमा तपाईंले होम स्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमिको बनोट बदल्न सक्नुहुन्छ।
यसमा व्यापक इमोजि विशेषताहरु, जिआइएफहरु र स्टिकरका साथ रमाइलो अनुभव बटुल्न सकिन्छ।
वान्-युआइ४ धेरै शक्तिशाली मोबाइल भएको कम्पनीको दावी छ।
तपाइँले ग्यालेक्सी सिरिजहरु ग्यालेक्सी घडी वा ट्याब प्रयोग गरिरहनु भएको छ भन तिनलाई सजिलै संयोजन गर्न सकिन्छ।
ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान्-युआइ४ उपलब्ध भएको छ।
र छिट्टै नै ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।