नयाँ स्मार्टफोन रेड्मी नोट ११–टी ५–जी मंगलबार भारतमा सार्वजनिक भएको छ। यो फोन गत महिना चीनमा सार्वजनिक भएको रेड्मी नोट ११ ५–जीको रिब्रान्डेड संस्करण हो।
ग्याजेट ३६०का अनुसार रेड्मी नोट ११–टी ५–जीमा ६.६ इन्चको फुल एचडीप्लस डिस्प्लेसहित ९० हर्जको रिफ्रेस रेट छ। यो डिस्प्ले क्रोनिङ गोरिला ग्लासको सुरक्षा साथ आएको छ।
यो फोनमा दुइवटा रियर क्यामरा छ, जसमा ५० मेगापिक्सलको प्राइमेरी सेन्सर र ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर छ। सेल्फी र भिडियो च्याटका लागि यसको अगाडितिर १६ मेगापिक्सलको क्यामरा छ।
मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर भएको यो नयाँ स्मार्टफोनमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। यसको ६ जिबी र्याम भएको मोडलपनि छ। साथै आन्तरिक स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर १ टिबीसम्म बढाउन सकिन्छ।
रेड्मी नोट ११–टी ५–जीमा भएको ५००० एमएएचको ब्याट्रीले ३३ वाटको प्रो फास्ट चार्जिङ समर्थन गर्छ। फोन एकपटक पुरा चार्ज गरेपछि दुई दिनसम्म टिक्ने कम्पनीले जनाएको छ।
६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको रेड्मी नोट ११–टी ५–जीको मूल्य १७ हजार ९ सय ९९ भारु तोकिएको छ। यसैगरी ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने १९ हजार ९ सय ९९ भारु पर्ने ग्याजेट–३६०ले बताएको छ।