स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा ‘नार्जो’ सिरिज ल्याएको छ। रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी-ए र नार्जो फिफ्टी-आई ल्याउने भएको हो।
युवा पुस्ताको लागि यी फोनहरु उपयुक्त हुने कम्पनीको दावी छ।
मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले उपभोक्तालाई उच्च गुणस्तरीय उत्पादन उपलब्ध गराउने बताए। यी दुई फोनले प्रयोगकर्ताहरुको मन जित्ने उनले दावी गरे।
रियलमी नार्जो फिफ्टी-ए मिडियाटेक हेलियो-जी८५ चिपसेट र २.० गिगाहर्जको अक्टा-कोर प्रोसेसर भएको छ। यसमा पर्याप्त शक्ति हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्छन्।
यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० मेगापिक्सल ट्रिपल, एल क्यामरा भएकोले निकै आकर्षक हुने कम्पनीको विश्वास छ। यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफी गर्न सजिलो बनाउँछ। यसमा श्यामश्वेत लेन्स पनि छ। जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छ।
क्यामराको अगाडि रहेको एएल ब्युटी, पोट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ-डेफिनिसन आठ मेगापिक्सल फोटोहरु खिच्न सक्छ। यसमा भएको ६ हजार एमएएचको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड-बाइ मोडमा ५३ दिनसम्म ननस्टप चलाउने सुविधा दिन्छ।
साथै यसमा स्पेसल ओटिजी रिभर्स चार्ज र १८डब्ल्यू फास्ट चार्ज पनि रहेको छ। १६.५ सेन्टिमिटर (६.५“) इन्चको मिनी ड्रप डिस्प्ले भएको यो फोनमा अडियो र भिडियोको आनन्द लिँदै गेम खेल्न सकिन्छ ।
यसमा तीन वटा कार्ड स्लट रहेका छन्। दुई वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जिबीको) राख्न सकिन्छ, जुन यो फोन ४जिबी,+६४ र १२८ जिबीमा उपलब्ध छ। अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा रडमा उपलब्ध छ।
रियलमी नार्जो फिफ्टी–आई सेगमेन्टमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ। जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्ने कम्पनीको दाबी छ।
साथै यसमा भएको सुपर पावर सेभिङ मोडले ब्याट्रीको खपत अप्टिमाइज हुन्छ। रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन, हेडफोन, स्मार्टवाच, र स्मार्ट-ब्यान्ड पनि चार्ज गर्न मिल् ।
यसको डिस्प्ले १६.५ सेन्टिमिटर (६.५“) को छ।
यसमा भएको ८ मेगापिक्सलको एएल क्यामरा र एफ २.० को लार्ज अपर्चर छ। यो ट्याब्लेटमा पनि तीन वटा कार्ड स्लट छन्।
यसमा दुई वटा नानो सिम कार्ड र एउटा माइक्रो युएडी पनि राख्न मिल्छ।
र यसले २५६ जिबी सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ। यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा उपलब्ध छ।