ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बिहिबार बुटवलमा आफ्नो आधिकारिक स्टोर लन्च गरेको छ।
बुटवलको वि.पि चोक–६ मा अवस्थित मी स्टोरले नवीन खुद्रा उपायहरुको प्रगतिमा ब्रान्डको छिटो विकास गर्ने बताएको छ।
यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ‘हरेक मी स्टोरसँग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्ने प्रयास जारी राख्नेछौँ। र हाम्रो मी प्रशंसकहरुको लागि सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउने कोशिस गर्नेछौँ।’