साओमीको नयाँ स्मार्टफोन साओमी–१२ मा हुनसक्ने क्यामरा फिचर इन्टरनेटमा लिक भएको छ।
ग्याजेट ३६०का अनुसार साओमी–१२ को क्यामरा डिजाइन भएको फोटो लिक भएसँगै क्यामराबारे जानकारी बाहिर आएको हो। सो फोटोमा फोनको पछाडितिर तीनवटा क्यामरासहित फ्ल्यासको डिजाइन देखिएको छ।
साओमी–१२ को तीनवटा क्यामरामध्ये मुख्य क्यामरा–५० मेगापिक्सलको हुने अनुमान छ। यो फोनमा अल्ट्रावाइड लेन्स र टेलिफोटो लेन्स पनि हुनेछ।
वेइबोमा सेयर भएको फोटो अनुसार यो नयाँ स्मार्टफोनमा वाइडएंगल क्यामराका लागि ठूलो ठाँउ छुट्टाइएको छ। अल्ट्रावाइड एंगल र म्याक्रो सुटरका लागि भने सानो भागमात्र राखिएको छ।
साओमी–१२ उत्पादनबारे लिक भएका अन्य जानकारीमा यो स्मार्टफोनका तीनवटा मोडल हुनेछ, जसमा साओमी–१२ एक्स, साओमी–१२ र साओमी–१२ प्रो छ। यी नयाँ सिरिजका फोनमा कम्पनीले हालसालै सार्वजनिक भएको क्वालकम स्न्यापड्गयन ८ जेन १ एसओसी प्रोसेसर राखिएको छ।
ग्याजेट ३६०का अनुसार साओमी–१२ मा यही डिसेम्बरको अन्तिमतिर सार्वजनिक हुनेछ।