स्मार्टफोन ब्रान्ड रियलमीले केही दिनअघि नेपालमा नार्जो सिरिज ल्याएको छ। नार्जोको लेटेस्ट लाइन–अप नार्जो५० सिरिजः नार्जो ५०आइ र नार्जो ५०ए ल्याइएको हो। गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवालाई यी फोन उत्कृष्ट हुने कम्पनीको भनाई छ।
उपभोक्ताहरुलाई ‘बेस्ट इन क्लास’ उत्पादनहरु दिने कम्पनीको उद्देश्य छ। यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्ने बताएको छ।
रियलमी नार्जो ५०ए
यो फोनमा रहेको एआइ ब्युटी, प्रोटेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एमपी क्यामरा छ। यसमा ६ हजार एमएएच ब्याट्री जडान गरिएको छ। साथै ६.६ को मिनी ड्रप डिस्प्ले छ।
यो फोनमा १२८ जिबी र्याम र २५६ जिबी स्टोरेज छ। यससँगै ४जिबी/६४जिबी र ४ जिबी/१२८ जिबीको स्टोरजमा पाइन्छ। यी फोनको मूल्य क्रमशः १९ हजार ९ सय ९९ छ। जुन अक्सिजन ग्रीन र अक्सिजन ब्लु रङमा उपलब्ध छ।
रियलमी नार्जो ५०आइ
यो फोनमा ५ हजार एमएएचको ब्याट्री जडान गरिएको छ। जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्ने कम्पनीको भनाइ छ। साथै यसमा भएको सुपर पावर सेभिङ मोडले ब्याट्रीको खपत अप्टिमाइज हुन्छ। यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोनसँगै हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ।
यो २ जिबी/३२ जिबी र ४ जिबी/६४ जिबी स्टोरेजमा उपलब्ध छ। यी फोनको मूल्य क्रमशः १२ हजार ९ सय ९९ र १५ हजार चार सय ९९ तोकिएको छ। जुन मिन्ट ग्रीन, कार्बन ब्ल्याक कलरमा उपलब्ध छ।
कम्पनीकाअनुसार उक्त फोन मंसिर १५ बाट दराज र मंसिर १९ बाट सम्पूर्ण आधिकारिक बिक्रेताहरुबाट पाइन्छ।