केही समययता साओमीको नयाँ फोन रेड्मी के–५० बारे बजारमा निकै चर्चा चलिरहेको छ।
कम्पनीले यो फोन कहिले सार्वजनिक हुनेबारे कुनै जानकारी नदिएपनि हालै यसको सार्वजनिक मिति बाहिर आएको ग्याजेट ३६०ले जनाएको छ। यो फोनका सिरिज सन् २०२२ मा बजारमा उपलब्ध हुनेछ।
रेड्मी के–५० सिरिज अन्तर्गत रेड्मी के–५०, रेड्मी के–५० प्रो, रेड्मी के–५० प्रो प्लस र रेड्मी के–५० गेमिङ फोन छन्। यी स्मार्टफोन यही वर्ष सार्वजनिक भएको रेड्मी के–४० सिरिजको अपग्रेडेड मोडलहरु हुन्।
टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार रेड्मी के–५० सिरिजका स्मार्टफोन अर्को वर्षको पहिलो त्रैमासिकतिर सार्वजनिक हुनेछ। यसका फोनमध्ये रेड्मी के–५० प्रो प्लसमा स्न्यापडै«गन ८ जेन १ एसओसी प्रोसेसर, रेड्मी के–५० प्रोमा स्न्यापडै«गन ८७० प्रोसेसर, रेड्मी के–५० मा डाइमेन्सिटी ७००० र रेड्मी के–५० गेमिङमा डाइमेन्सिटी ९००० प्रोसेसर रहेको उनले बताए।
रेड्मी के–५० सिरिजमा इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, १०० वाटको फास्ट चार्जिङ र आइपि ६८ रेटिङ प्राप्त धुलो तथा पानी प्रतिरोधी रहेको ग्याजेट ३६०ले जनाएको छ।