सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस–२२ सिरिजका स्मार्टफोन अर्को वर्ष सार्वजनिक गर्ने भएको छ।
कम्पनीका यी नयाँ स्मार्टफोन केही समययतादेखि चर्चामा आइरहेको छ। यो सिरिजको प्रिमियम मोडल ग्यालेक्सी एस–२२ अल्ट्रा भने अर्को वर्ष बजारमा आउने हल्ला छ।
ग्यालेक्सी ३६०का अनुसार ग्यालेक्सी एस–२२ अल्ट्रा फोन सन् २०२२ को फ्रेबुअरी महिनामा सार्वजनिक हुनेछ। यो फोनसँगै अन्य दुई नयाँ मोडल ग्यालेक्सी एस–२२ र ग्यालेक्सी एस–२२ प्लस पनि आउने छ। सामसङले आफ्ना यी उपकरणबारे आधिकारिक जानकारी दिन भने बाँकी नै छ।
केही लिकहरुले ग्यालेक्सी एस–२२ अल्ट्रामा ६.८ इन्चको क्यूएचडी प्लस कर्भड एमोलेड डिस्प्ले हुने बताएको छ। यो फोनको लिक भएको एक तस्बीरमा पछाडितिर पाँचवटा सेन्सरको डिजाइन देखिएको थियो। ग्यालेक्सी एस–२२ अल्ट्रामा पाँचवटा क्यामरा हुने वा नहुने कुरा पुष्टी नभएपनि यसको प्राइमेरी क्यामरा भने १०८ मेगापिक्सलको हुने र सेल्फी क्यामरा ४० मेगापिक्सलको हुने अनुमान छ।
यसैगरी यो नयाँ स्मार्टफोनमा स्न्यापडै«गन ८ जेन १ एसओसी प्रोसेसर हुनेछ। साथै यसमा हुनसक्ने पाँच हजार एमएएचको ब्याट्रीले ६५ वाटको फास्ट चार्जिङ समर्थन गर्ने ग्याजेट ३६०ले जनाएको छ।