सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए–५३ ५–जी’को उत्पादन भारतमा सुरु भइसकेको छ। यो फोनलाई गत मार्चमा सार्वजनिक भएको ‘ग्यालेक्सी ए–५२’को अपग्रेडेड संस्करण मानिएको छ।
पछिल्ला केही रिर्पोटले ‘ग्यालेक्सी ए–५३ ५–जी’मा होलपन्च डिस्प्ले डिजाइन र चारवटा क्यामरा हुने भनेको थियो। हाल यसका अझै नयाँ फिचरबारे जानकारी बाहिर आएको छ।
ग्याजेट ३६०का अनुसार यो नयाँ स्मार्टफोनमा १२० हर्जको एमोलेड डिस्प्ले हुनेछ। यसमा हुने भनिएको चारवटा क्यामरामध्ये मुख्य क्यामरा ६४ मेगापिक्सलको हुनेछ।
यसैगरी ‘ग्यालेक्सी ए–५३ ५–जी’मा स्न्यापडै«गन ७७८ जी एसओसी प्रोसेसर हुने भनाइ छ। यो फोन कालो र सेतो रङमा उपलब्ध हुनेछ। यसको डिजाइन लगभग ‘ग्यालेक्सी ए–५२’ जस्तै हुने रिर्पोटले जनाएको छ।
‘ग्यालेक्सी ए–५२’मा भने ६.५ इन्चको फुल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी डिस्प्ले थियो, जसमा ९० हर्जको रिफ्रेस रेट थियो। यसमा पनि ६४ मेगापिक्सलको प्राइमेरी सेन्सरसहित चारवटा क्यामरा थियो। स्न्यापड्रैगन ७२० जी एसओसी प्रोसेसर भएको यो स्मार्टफोनमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज थियो। साथै यसमा ४५०० एमएएचको ब्याट्री थियो।
यता नयाँ ‘ग्यालेक्सी ए–५३ ५–जी’ कहिले सार्वजनिक हुन्छ भन्नेबारे कुनै आधिकारिक जानकारी आएको छैन। ग्याजेट ३६०का अनुसार यो फोन अर्को वर्षतिर बजारमा आउने सम्भावना बढी छ।