सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–२२ अल्ट्रा’ बजारमा सार्वजनिक हुनअघि नै यो कम्पनीको आधिकारिक वेबसाइटमा देखिएको छ। फोनको मोडल नम्बरसहित यसको फोटो हालै चीनको सामसङको वेबसाइटमा पोस्ट भएको हो।
ग्यालेक्सी एस–२२ अल्ट्रा स्मार्टफोन एस पेनसहित देखा परेको छ। कम्पनीले यसका फिचरबारे कुनै जानकारी नदिएपनि कयौँ लिकहरुले यसका अन्य फिचरहरु अनलाइनमा हालेको छ।
ग्याजेट ३६०का अनुसार यो नयाँ स्मार्टफोनमा अल्ट्रा–वाइडब्यान्ड टेक्नोलोजी हुनेछ। यसले वायरलेस चार्जिङ समर्थन गर्ने भनाइ छ।
यसैगरी ग्यालेक्सी एस–२२ अल्ट्रामा स्न्यापडै«गन ८ जेन १ एसओसी वा एक्सीनोस चिपसेटका प्रोसेसर हुने अनुमान छ। यो १२ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र १६ जिबी र्याममा ५१२ जिबी आन्तरिक साथ उपलब्ध हुने भनाइ छ।
केही रिर्पोटले सामसङले आफ्ना प्रिमियम ग्यालेक्सी एस सिरिजका स्मार्टफोन मोडल र ग्यालेक्सी एस–२२ अल्ट्रामार्फत नोट सिरिजका फोनलाई फेरी बजारमा चिनाउने तयारी गरिरहेको बताएका छन्।
ग्याजेट ३६०का अनुसार यो फोन आउँदो फ्रेबुअरी महिनातिर सार्वजनिक हुनेछ। सामसङले भने आधिकारिक रुपमा यसको सार्वजनिक मितिबारे कुनै जानकारी दिएको छैन।