क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ। ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कार्कीले हस्ताक्षर गरेका छन्।
अभिनेता कार्कीका छड्के, पशुपति प्रसाद, जात्रै जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त थियो।
उनको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो। उनको सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायी अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको हो।
कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरेको छ।