नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ–६ को साथमा ट्याकयोन–१ जिबिपिएस इन्टरनेट सेवा सुरु गरेको छ।
वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयु–मिमो लगायतका सुविधाहरू रहने छन्।
सो प्रविधी अवलम्बन गरेपछि ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने कम्पनीको भनाइ छ। वाइफाइ–६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड थ्रि जिबिपिएस सम्म रहनेछ।
पहिलो चरणमा क्लासिकटेकले १ जिबिपिएस सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको छ।
यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुने बताइएको छ।
कम्पनीकाअनुसार वाइफाइ–६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै प्रयोगकर्ता, इनपुट र आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकैसाथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ। जसका कारण सिङ्नलका लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ।
वाइफाइ–६ पछि क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका डुअल ब्यान्डका राउटरहरू विस्तापित गराई नेपालभर ट्रि–ब्यान्ड राउटरहरू प्रयोगमा ल्याउने बताएको छ। ट्राइ–ब्यान्डमा एउटा २.४ जिएचजेट ब्यान्ड र दुई ५जिएचजेट ब्यान्डहरू गरी तिनवटा अलग–अलग सिङ्नल ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै हाइ स्पीड इन्टरनेट प्रयोग गर्न सक्षम रहने बताइएको छ।
यो प्रविधीपछि ग्रहकहरूलाई बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ।