स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव मनाएको छ। यस अवसरमा भीभोले ब्राण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा सेल्स कार्निभलको उद्घाटन गरेको छ।
उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज् अन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदिप खड्काले गरे।
भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको बताएको छ।
स्थानिय ग्राहकहरुलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ। जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ। डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहारका पाउने छन्।
साथै भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन्।
साथै यो अवधिमा भीभोको फोन किन्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप महिनाको वारान्टि पाउन सक्नेछन्।