स्मार्टफोन ब्राण्ड भीभोले नयाँ ब्रान्ड वाई–१५ एस नेपाली बजारमा ल्याएको छ। वाई–१५ एस शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको कम्पनीको दाबी छ।
यसमा ५००० एमएएच ब्याट्रि, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल ए.आइ क्यामेरा रहेको छ। शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी रहेको कम्पनीको भनाइ छ।
यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरीएको छ। जस कारणले दिनभरी फोन चलाउँदा पनि आँखा थकित नहुने बताइएको छ। उक्त स्मार्टफोन आजबाट बजारमा उपलब्ध छ। यसको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।