सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए–५३ का विशेषता एक वेबसाइट गिकबेन्चमा लिक भएको छ।
सो वेबसाइटमा फोनको मोडल नम्बरसहित यसमा हुने प्रोसेसर र मेमोरी कार्डका फिचर उल्लेख गरेको ग्याजेट ३६०ले जनाएको छ।
रिर्पोटका अनुसार नयाँ ग्यालेक्सी ए–५३ मा स्न्यापड्रैगन प्रोसेसर नभइ एक्सीनोसको प्रोसेसर हुनेछ। यो स्मार्टफोन अक्टाकोर एक्सीनोस १२०० एसओसी प्रोसेसरबाट संचालित हुनेछ।
गिकबेन्चको लिस्टिङमा यो फोनमा ६ जिबीको र्याम हुने भनिएको छ।
यसअघि भएको लिकका अनुसार ग्यालेक्सी ए–५३ मा ६।५ इन्चको सुपर एमोलेड इन्फिनिटी–ओ डिस्प्लेसहित १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसमा चारवटा क्यामरा हुनेछ, जसमा मुख्य क्यामरा ६४ मेगापिक्सलको हुनेछ।
यसैगरी यो फोनमा ग्यालेक्सी ए–५२ जस्तै इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर हुनेछ। यसमा पाँच हजार एमएएचको ब्याट्री हुने ग्यालेक्सी ३६०ले बताएको छ।
यता ग्यालेक्सी ए–५३को अपग्रेडेड संस्करणमा ग्यालेक्सी ए–५३ ५–जी सार्वजनिक हुनेछ। यो स्मार्टफोनमा पनि ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी–ओ डिस्प्लेसहित ९० हर्जको रिफ्रेस रेट हुनेछ। यसमा पनि चारवटा क्यामरा र स्न्यापडै«गन ७२०–जी एसओसी प्रोसेसर हुनेछ। ४५०० एमएएचको ब्याट्री हुने भनिएको यो स्मार्टफोनमा २५ वाटको फास्ट चार्जिङ हुनेछ।