क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ।
निशुल्क १५० एमिबिपएसदेखि ३०० एमबिपएससम्म अपग्रेड गरिएको कम्पनीको भनाइ छ।
प्याकेज अपग्रेडपछि पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन सक्नेछन्। हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्राहकलाई ५जिएचजेट डुअल ब्यान्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिक टेकबाट पाइने जानकारी गराइएको छ।
कम्पनीकाअनुसार क्लासिक टेकले नेपालमै पहिलोपल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ–६ र ट्रिब्यान्ड राउटरसहित टाकियन १ जिबिपिएस इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ। यस इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको छ।
वाइफाइ–६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफोर्मिङ एमयु–मुमो लगायतका सुविधाहरू रहने छ। दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लसिकटेकले आफ्नो सेवा संचालन गरिरहेको कम्पको भनाइ छ।