चिनियाँ स्मार्टफोन कम्पनी रियलमी आफ्नो दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा छ।
कम्पनीबाट कुनै आधिकारिक जानकारी आउनुअघि नै नयाँ स्मार्टफोन रियलमी जिटी–२ र रियलमी जिटी–२ प्रो बजारमा चाँडै आउने हल्ला रहेको ग्याजेट ३६०ले जनाएको छ।
यी दुई नयाँ फोन सार्वजनिक हुने कुरा सुरुमा टिपस्टर मुकुल शर्माले थाहा पाएका थिए। यी फोन कम्पनीको भारतीय वेबसाइटको लिस्टिङमा पाएपछि यसका केही फिचर बाहिर आएको छ।
यसैगरी डिजिटल च्याट स्टेशनका अनुसार रियलमी जिटी–२ प्रोमा दुई क्यामरा हुनेछ। पहिले यो फोनमा प्राइमरी र टेलिफोटो क्यामरा हुने भनिएको थियो तर अब भने यसमा टेलिफोटो क्यामरा नहुने पक्का भएको छ। यसको ठाँउमा कम्पनीले फोनमा १५० डिग्रीको अल्ट्रा–वाइड क्यामरा राख्ने छ।
रियलमी जिटी–२ प्रोमा हुनसक्ने केही फिचर यसअघि पनि बाहिर आएको थियो। यो फोनमा ६.८ इन्चको डब्लुक्यूएचडी प्लस ओएलडी डिस्प्लेसहित १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसको प्राइमेरी क्यामरा ५० मेगापिक्सलको हुने भनिएको छ।
साथै यो नयाँ स्मार्टफोनमा स्न्यापडै«गन ८ जेन १ एसओसी प्रोसेसर हुनेछ, जसमा १२ जिबी र्याम र ५१२ जिबी आन्तरिक स्टोरेज हुने ग्याजेट ३६०ले जनाएको छ।
रिर्पोटका अनुसार रियलमी जिटी–२ प्रोको मूल्य करिब ४७ हजार सात सय भारु हुनेछ। यो फोन भारतमा यही डिसेम्बर २०मा सार्वजनिक हुने हल्ला छ।