सामसङको ग्यालेक्सी एस–२२ सिरिजका नयाँ स्मार्टफोनबारे इन्टरनेटमा जानकारीहरु लिक भएलगतै यो सबै उपभोक्ताको ध्यानमा परिरहेको छ।
हालै कम्पनीले ग्यालेक्सी एस–२२ सिरिजबारे आफ्नो नयाँ भिडियोमा थोरै जानकारी सार्वजनिक गरेकोले यसको चर्चा बढिरहेको छ। मुख्यगरी यो सिरिजको दुई प्रिमियम मोडल ग्यालेक्सी एस–२२ प्लस र ग्यालेक्सी एस–२२ अल्ट्रामा हुन सक्ने फिचर सो टिजरमा देखाएको ग्याजेट ३६०ले जनाएको छ।
सामसङले भिडियोमा आफ्ना उपकरणमा नयाँ प्रोसेसर एक्सीनोस एसओसी ल्याउने भनेको छ। यो प्रोसेसर विशेषगरी गेमिङ अनुभव बढाउन प्रयोग गरिन्छ। केही अनुमानका अनुसार कम्पनीले नयाँ प्रोसेसर र ग्यालेक्सी एस–२२ सिरिज अर्को वर्षको सुरुतिर सार्वजनिक गर्नेछ। यसको अर्थात्, यो प्रोसेसर ग्यालेक्सी एस–२२ का मोडलमा पनि हुनसक्छ।
साममोबाइलका अनुसार ग्यालेक्सी एस–२२ प्लस र ग्यालेक्सी एस–२२ अल्ट्रामा सुपर एमोलेड डिस्प्ले हुनेछ, जसमा १२०० निट्स र १७५० निट्सको उच्च डिस्प्ले ब्राइटनेस हुनेछ। यो सिरिजका अन्य फोनमा पनि १००० र १३०० निट्ससम्मको ब्राइटनेस हुनेछ।
यसैगरी भेनिला रङको सामसङ ग्यालेक्सी एस–२२ मोडलमा ६.०६ इन्चको फुल एचडी प्लस डिस्प्ले हुनेछ।
कम्पनीले आफ्नो नयाँ ग्यालेक्सी एस–२२ सिरिज कहिले सार्वजनिक हुनेछ भन्नेबारे कुनै आधिकारिक जानकारी दिएको छैन। केही रिर्पोटले यी स्मार्टफोन अर्को वर्षको फ्रेबुअरी महिनातिर सार्वजनिक हुने जनाएको छ।