नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ।
नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।
दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो।
कम्पनीले कर्मचारीहरुलाई विशेष सेवा सुबिधा दिदैँ आएको बताएको छ।
सामाजिक सुरक्षा कोष (एसएसफ) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ।
बेसिक सेलरीमा ओभर टाइम, फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदैँ आएको छ ।
हाल कम्पनीमा १५ सयजना कर्मचारी कार्यरत छन्।
हाल ७४ जिल्लामा सेवा दिदैँ आएको क्लास्सिक टेकले ग्रामिण तथा इन्टरनेट नपुगेको ठाउँमा समेत आफ्नो सुबिधा पुर्याउने लक्ष्य राखेको छ। सोही लक्ष्य प्राप्तिका निम्ति कम्पनीले कर्मचारीहरुको माग गरेको हो।
कम्पनीले तल्लो तहबाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ।
जसमा ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २, कल सेन्टर अस्सोसिएट ४० जना मागिएको छ।
इच्छुक व्यक्तिले क्लासिकटेकमा अप्लाई गर्नलाई email- career@classic.com.np मा आफ्नो अपडेटेड सिभी पठाएर सम्पर्क गर्न सकिनेछ। https://www.facebook.com/ClassicTech, https://www.classic.com.np/contact/career/ वा ९८०१००६६३३ बाट पनि सोधपुछ गर्न सकिने छ।