नयाँ वर्षको अवसरमा भायानेटले मिनी इन्टनेट प्लान ल्याएको छ। जसले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने बताएको छ।
मिनी प्लानअन्तर्गत भायानेटले मिनि–७५ प्याक ल्याएको छ। जसमा वार्षिक ग्राहक बनेर ८ सय प्रति महिनामा ७५ एमबिपिएको सुपर–फाष्ट इन्टरनेट ग्राहकहरुले पाउनेछन्।
नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ। यस सिममार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जिबीका दरले एक वर्षसम्म कुल ४८ जिबी मोबाइल डाटा पाउनेछन्।
त्यस्तैगरी, यो सिममार्फत् ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जिबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन्।
भायानेटले दुई हप्ताअघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो।
यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १२ सय ५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ।
मिनी इन्टरनेट प्रोडक्ट लाइनसहित भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ।