रियलमी ब्रान्डले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले ५० एमपिए- आई त्रिपल क्यामेरा प्रविधिसहितको रियलमी सी-२५ वाई बजारमा उपलब्ध गराएको हो।
इन्ट्री-लेभल स्मार्टफोनमा पहिलो रोजाइमा पर्ने यो रियलमी सी-२५ वाई मा १८ वाटको छिटो चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इनस्ट्यान्ट फिङ्गरप्रिन्ट सेन्सर र ६.५ इन्चको डिस्प्ले छ।
सी-२५ वाईमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा छ। यो क्यामराको मद्दतबाठ प्रष्ट फोटा खिच्न सकिन्छ। क्यामरामा एआई ब्युटी विशेषता, एचडिआर मोड, प्यानोरामिक भ्यू मोड, पोट्रेड मोट, टाइमल्याप्स, एक्सपर्ट मोडलगायत थुप्रै विशेषताहरू छन। यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
यो फोनमा सुपर पवार सेभ मोड विशेषता पनि छ जसको सहायतामा फोनको ब्याट्री बचत गर्दै चलाउन सकिन्छ।
सी-२५ वाईमा अक्टाकोर १२ एनएम युनिसक टी६१० प्रोसेसर छ। यसमा दुई वटा सिम राख्न मिल्छ भने २५६ जिबीसम्मको अतिरिक्त स्टोरेजको लागि माइक्रो एसडी कार्ड स्लट पनि समावेश गरिएको छ।
सुरक्षाको लागि फोनमा अल्ट्रा-फास्ट फिङ्गरप्रिन्ट अनलकिङ र फेसिअल रिकग्निसन जस्ता विशेषताहरू छन्।
नेपालमा सी-२५ वाई ४ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ। जसको मूल्य कम्पनीले २० हजार ४ सय ४९ रुपैयाँ तोकेको छ। यो मोबाइल निलो र ग्रे रंगमा उपलब्ध हुनेछ।